पार्टी सभापति रवि लामिछाने पक्राउकाे विराेधमा उत्रिएकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भाेलि (मंगलबार)देखि आन्दाेलनलाई निरन्तरता दिने भएकाे छ।
रवि पक्राउकाे बिराेधमा कात्तिक ३ देखि निरन्तर आन्दाेलन गर्दै आएकाे रास्वपाले तिहारकाे बिचमा आन्दाेलनका कार्यक्रमहरु स्थगित गरेकाे थियाे। तिहार सकिएलगत्तै रास्वपाले आन्दाेलनका कार्यक्रमलाई निरन्तरता दिन लागेकाे हाे, जसअनुसार मंगलबार घण्टीघर जिराे किलाेमिटरमा प्रदर्शन हुनेछ।
रवि सहकारी ठगी प्रकरण र संगठित अपराधमा अनुसन्धानका लागि १७ दिनदेखि कास्की प्रहरीकाे हिरासतमा रहेका छन। कात्तिक १५ गते म्याद सकिएकाे भएपनि लामिछानेलाई हिरासतमा राखिएकाे छ।
मंगलबार म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराइँदैछ। त्यसपछि उनलाई अनुसन्धानका लागि हिरासतमै राख्ने वा हिरासत बाहिर राख्ने भन्ने पनि निर्णय हुनेछ।
यस्तैबीच रुपन्देही जिल्ला अदालतबाट पनि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएकाे छ।