चाडपर्व नमनाए परिवार र नातागाेतासँग दूरी बढ्छ: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताएका छन्।

शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दीपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन्।

गृहमन्त्री लेखकले चाड पर्वले परिवार र समाजलाई जोड्ने काम गरेको बताए। उनले भने,‘मान्छेले बसाइँसराइ गर्ने भएकाले कामका कारण मान्छेहरु टाढा-टाढा हुनुपर्छ। चाडपर्व नमनाए परिवारमा दुरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो। चाड पर्वले मान्छेलाई नजिक ल्याउँछ। यसको समाजिकसँगै मानवीय पनि महत्त्व छ।’

एउटा परिस्कृत समाज निर्माणका लागि जरुरी भन्दै चाडपर्वको अवसरमा जमघट र भेलाहरुमा उपस्थित हुने कुराको आफैंमा ठूलो महत्त्व रहेको बताए। ऋषिमुनीहरुले धेरै ठूलो अध्यापन र अनुभवपछि यी पर्वहरुको निर्माण गरेको उनको भनाइ थियो।

प्रकाशित मिति: : 2024-11-01 21:15:00

प्रतिकृया दिनुहोस्