हिरासतमै झुन्डिएर आत्महत्या गरे सशस्त्र प्रहरीले

Break n Links
Break n Links

बलात्कार आरोपमा पक्राउ परेका एकजनाले हिरासतमै आत्महत्या गरेका छन्। वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा रहेका सशस्त्र प्रहरी जवान रेवन मगर सोमबार बिहान मृत भेटिएका हुन्।  

गत असोज २४ गते १४ र ८ वर्षीया बालिका बलात्कार आरोपमा दाङको भालुवाङमा रहेको सशस्त्र प्रहरी बल ज्वालामाई गणमा कार्यरत दुईजना सशस्त्र प्रहरी जवान पक्राउ परेका थिए। पक्राउ परेका मध्ये मगरले आत्महत्या गरेका हुन् भने एकजना हिरासतमै छन्।

हिरासत शौचालयको झ्यालमा रहेको फलामे रडमा आफैले लगाएको स्यान्डो र टिसर्टले पासो लगाई उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: : 2024-10-28 10:15:00

प्रतिकृया दिनुहोस्