सरकारको रवैया हेरेर बस्न सकिँदैन: अग्नी सापकोटा

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले आफूहरु सरकारको रवैया हेरेर नबस्ने भन्दै अझै सशक्त आन्दोलनको तयारीमा रहेको जानकारी दिएका छन्।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सरकारविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफूहरु सरकारको रवैया हेरेर नबस्ने भन्दै आवश्यकता पर्याे भने सशक्त आन्दोलनको तयारीमा पनि रहेको बताएका हुन्।

उनले भने, ‘हामी धेरै प्रष्ट शब्दमा खबरदारी गर्न चाहन्छौं। खरबदारीले पुगेन भने यसलाई अझै प्रभावकारी ढंगले देशव्यापी रुपमा जनपरिचालन गर्ने छौं। सरकारको रवैया हेरेर फेरि आवश्यकता पर्याे भने सशक्त आन्दोलनको तयारीमा पनि छौं।’

उनले वर्तमान सरकारले पटक-पटक प्रतिनिधिसभालाई झम्टिझम्टि विघटन गर्न खोजेको र आजपनि पार्टीहरुलाई फुटाउने, विभाजन गर्ने हर्कत गरिरहेको आरोप लगाए।

सरकारले जनताको हितमा कुनै पनि काम नगरेको कारण लोकतन्त्रको कुरा गर्नु हाँस्यापद रहेको उनको भनाइ छ।

उनले भने, ‘यो सरकारले जनताको हितमा कुनै पनि काम गरेको छैन्। यो सरकारले लोकतन्त्रको कुरा गर्नु सरासर हाँस्यापद ,लज्जाजनक छ। किनकि पटक-पटक प्रतिनिधिसभालाई झम्टिझम्टि विघटन गर्न खोज्नेले आज पनि पार्टीहरुलाई फुटाउने विभाजन गर्ने अनेक हर्कत गरिरहेको छ। के पार्टीहरुलाई कमजोर गरेर लोकतन्त्रको रक्षा हुन सक्छ?’

लोकतन्त्रको मर्म र भावना सरकारमा बसेकाले भन्दा बढी आफूहरुले बुझेको उनको दाबी छ।

प्रकाशित मिति: : 2024-10-26 16:02:00

प्रतिकृया दिनुहोस्