प्रचण्डले भने- रवि बचाउन केपी ओली नै लागेका थिए

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको खबरदारीसभा कसैलाई बचाउन वा फँसाउनका लागि नभएको बताएका छन्। 

काठमाडौंमा भएको खबरदारीसभालाई सम्बोधन गर्दै उनले दोषी कसैलाई छानबिन समिति बनाउँदा पनि रवि बचाउन केपी ओली नै लागेको बताए। 

‘संसदमा छानबिन गर्ने बारेमा बहस चल्दा समिति बनाउनपर्छ भन्ने कुरा राखेको हुँ। रवी लामिछानेलाई पनि छानबिन गर्नुपर्छ भनेको हुँ। त्यही अनुसार रवीले पनि छानबिन समिति बनाउनुपर्छ भन्ने रवि हो। बनाउनुहुन्न भन्ने केपी ओली हो। रविलाई हरहालतमा बचाउनुपर्छ भन्ने केपी ओली नै हो’ उनले भने ‘एमालेका ब्यक्तिलाई छानबिन गर्न नपर्ने काँग्रेसका लाई नगर्ने विपक्षीलाई मात्रै जेल हाल्ने हुन्न। प्रचण्डको यो विरोधसभा कसैलाई बचाउनका लागि होइन।’ 
 

प्रकाशित मिति: : 2024-10-26 15:53:00

प्रतिकृया दिनुहोस्