सूर्यदर्शन सहकारी ठगी प्रकरण: रवि लामिछानेपछि पक्राउ परे खनाल

Break n Links
Break n Links

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाकाे रकम ठगीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्।

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)काे टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई शुक्रबार काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो।

खनाल नेचर हवर्स इन्टरनेशनल प्रालिका सञ्चालक र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका शेयरधनी रहेकाे प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार ठगी तथा संगठित अपराध कसुर मुद्दामा फरार रहेका उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको छ।

यसअघि गत शुक्रबार सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पूर्वगृहमन्त्री एवम् पार्टी सभापति रवि लामिछाने पक्राउ परेका थिए। उनी अहिले कास्की प्रहरी हिरासतमा छन्।

प्रकाशित मिति: : 2024-10-25 16:33:00

प्रतिकृया दिनुहोस्