कोटेश्वरबाट लगेर बन्धक बनाइएकी महिलाको उद्दार, १ जना पक्राउ

symbolic photo
symbolic photo

काठमाडौँको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार गरिएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्दार गरेको प्रहरीले जनाएको छ।

बन्धक बनाउने काममा संलग्न एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएकाे खुलेकाे छ।

काठमाडौँको कोटेश्वरबाट एक महिला अपहरण

प्रकाशित मिति: : 2024-10-23 18:43:00

प्रतिकृया दिनुहोस्