नेपालद्वारा अमेरिकाविरुद्धको टी- २० सिरिज क्लिन स्विप

Break n Links
Break n Links

नेपालले अमेरिकाविरुद्धको टी- २० सिरिज क्लिन स्विप गरेको छ।

टी- २० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गर्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो।

अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपालले १८.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

नेपालका लागि असिफ सेखले अर्धशतक प्रहार गरेका थिए। आसिफले टी- २० क्रिकेटमा छैटौं अर्धशतक बनाएका हुन्। त्यस्तै अनिल शाहले १३, कुशल भुर्तेलले अविजित ४० र कुशल मल्लले अविजित ४४ रन बनाएका थिए।

त्यस्तै अमेरिकाका बलर जुआनोय ड्राइसडाले र जसदीप सिंहले एक-एक विकेट लिएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको थियो।

अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाएका थिए। भने, मिलिंद कुमारले ४३ रन बनाएका थिए। त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए। भने, रिजन ढकाल र ललित राजवंशीले एक-एक विकेट लिएका थिए।

योसँगै नेपालले ३ खेलको सिरिज ३-० ले जितेको छ। नेपालको टी- २० क्रिकेट इतिहासमा कुनै पनि सिरिज क्लिन स्विप गरेको यो पहिलो पटक हो।

नेपालले अब अमेरिका र स्कटल्याण्डसहितको आइसीसी विश्वकप लिग-२ को सिरिज खेल्ने छ।

प्रकाशित मिति: : 2024-10-21 09:13:00

प्रतिकृया दिनुहोस्