मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पाँच सय पुग्यो

गाजा पट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँच सय पुगेको छ।

पछिल्लो २४ घण्टामा गाजामा इजरायलको सैन्य कारबाहीमा ६२ जनाको मृत्यु भएको र तीनसय बढी घाइते भएको जनाइएको छ।

पछिल्लोपटक जबलिया शिविरमा इजरायले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ।

२०२३ अक्टोबर यता प्यालेस्टाइन–इजरायली द्वन्द्वमा १० हजार बढी घाइते भएका छन्।

- एजेन्सी

प्रकाशित मिति: : 2024-10-19 14:07:00

प्रतिकृया दिनुहोस्