साफ च्याम्पियनसिपमा श्रीलङ्काले माल्दिभ्सलाई हरायो

काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ।

आज भएको खेलमा माल्दिभ्सलाई १–० ले हराउँदै श्रीलंकाले विजयी सुरुआत गरेको हो। खेलको १८औँ मिनेटमा इमेसा अनुराधिनीले गरेको गोल र्नै श्रीलंकाका लागि निर्णायक बनेको  हो।

जितसँगै ३ अंक जोडेको श्रीलंका समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। आजै हुने समूह बी को दोस्रो खेलमा घरेलु टोली नेपाल र भूटान भिड्दैछन्।

प्रकाशित मिति: : 2024-10-18 16:28:00

प्रतिकृया दिनुहोस्