रवि लामिछाने पक्राउ पर्ने लागेका हुन्, के भन्छ प्रतिपक्षी दल?

File Photo
File Photo

प्रतिपक्षी दलहरूको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ पर्ने सक्नेबारे छलफल भएकाे छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार बाेलाएकाे प्रतिपक्षी दलहरूको बैठकमा सहकारीको रकम हिनामिना गरेको आरोपमा सभापति लामिछाने पक्राउ पर्ने सक्नेबारे छलफल भएकाे उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार अध्यक्ष प्रचण्डले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने पक्राउ पर्नसक्ने सूचना आफूले पाएको ब्रिफिङ गरेका हुन्।

बिहीबार बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लामिछानेलाई पक्राउ गर्न सक्ने संकेत गरेकोबारे प्रचण्डले बैठकमा ब्रिफिङ गरेकाे हुन्।

प्रतिपक्षी दलकाे बैठकमा सहभागी नेताहरूले राजनीतिक पूर्वाग्रह साँधेर कसैलाई पनि पक्राउ गर्न नहुने धारणा राखेका उपमहासचिव बस्नेतले बताए। उनका अनुसार बैठकमा लामिछानेलाई पक्राउ गरेमा प्रतिवाद गर्ने विषयमा छलफल भएको छ।

यता, जिल्ला अदालत कास्कीले भने लामिछानेलाई पक्राउ गर्न अहिलेसम्म पक्राउ पुर्जी जारी नभएकाे र यसबारे कुनै जानकारी नआएको बताएकाे छ।

सहकारी छानबिन विशेष समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो। तीमध्ये जोशीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2024-10-18 12:34:00

प्रतिकृया दिनुहोस्