माननीयज्यू, हाम्राे कुरा कहिले सुन्ने? (भिडियाे)

काठमाडौँ मेडिकल कलेज (केएमसी)का विद्यार्थीहरुले आन्दोलित भएका छन्।

चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनहरु लागू गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुले व्यानरसहित बिहीबार आन्दोलन गरेका हुन्।

आन्दोलनमा उनीहरुले ‘केएमसी प्रशासक मुर्दावाद, हाम्रो पैसा फिर्ता गर, माननीयज्यू हाम्राे कुरा कहिले सुन्ने?’लगायत नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए।

विद्यार्थीहरुले इन्टर्नरशीप हो कि श्रम शोषण हो? भन्दै प्रश्नसमेत गरेका छन्।

आन्दोलनमा विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनमा लागू भएको भन्दा बढी पैसा केएमसी प्रशासनले उठाएको भन्दै पैसा फिर्ता दिन माग गरेका छन्।

प्रकाशित मिति: : 2024-10-17 14:10:00

प्रतिकृया दिनुहोस्