इजरायलकाे हमलाले ठगिएका कामदार महिलाहरू...

Break n Links
Break n Links

२४ वर्षीया केन्याली महिला पछिल्लो आठ महिनादेखि लेबनानमा घरेलु कामदारको रूपमा काम गरिरहेकी छिन्। 

तर गएकाे महिना उनकाे लागि सबैभन्दा कठिन भइदियाे। किनकि इजरायलका सेनाले देशभरि हिजबुल्लाहका क्षेत्रहरूमा हमला गरिदियाे। 

जब एकाएक बम विस्फाेटहरू हुन थाल्याे तब उनलाई उनका रोजगारदाताले घरमा ताला लगाइदिए अनि उनी पनि त्यहाँबाट भागे। 

त्याे हमलाकाे आवाजले अझैपनि स्तब्ध छिन् उनी। उनले त्याे घटना बिर्सिसकेकी छिन् कि उनी कति दिन एक्लै घरमा बन्द भइन्। 

तर जब उनीहरू फर्किए तब अन्डाकु (परिवर्तित नाम)लाई घरबाट निकाले। त्यहीपनि बिना पैसा। उनकाे जाने ठाउँ कहीकतै थिएन। 

तर उनी आफूलाई भाग्यमानी ठान्छिन् कि उनीसँग पैसा थियाे राजधानी बेरूतसम्म पुग्ने गाडी भाडा तिर्न। 

याे कहानी अन्डाकुकाे मात्र हाेइन। 

गत शुक्रबार, संयुक्त राष्ट्रका अधिकारीहरूले लेबनानमा लगभग ९०० सरकारी आश्रयहरू भरिएको बताएका थिए।

यसको कारण इजरायल-हिजबुल्लाह द्वन्द्व हो। अधिकारीहरूले लेबनानमा हजारौं महिला घरेलु कामदारहरूको बारेमा पनि चिन्ता व्यक्त गरे।

इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आइएमओ) का अनुसार लेबनानमा करिब १ लाख ७० हजार आप्रवासी कामदार छन्। यीमध्ये धेरै महिला केन्या, इथियोपिया, सुडान, श्रीलंका, बंगलादेश र फिलिपिन्सका छन्।

धेरै आप्रवासी घरेलु कामदारहरू लेबनानमा आफ्नो परिवारलाई आर्थिक सहयोग गर्न सर्छन्।

अफ्रिकी घरेलु कामदारको औसत मासिक ज्याला लगभग २५० डलर हुने अनुमान गरिएको छ, जबकि एशियाली कामदारहरूले ४५० डलर सम्म कमाउन सक्छन्।

लेबनानमा आप्रवासी घरेलु कामदारहरूले काफाला प्रणाली पछ्याउन आवश्यक छ, जसले आप्रवासी कामदारहरूको लागि सुरक्षित अधिकारको ग्यारेन्टी गर्दैन।

यस प्रणालीले रोजगारदाताहरूलाई उनीहरूको राहदानी जफत गर्न र उनीहरूको तलब रोक्न अनुमति दिन्छ। उनीहरुले स्थानीय निकायको सहयोगमा काम पाउँछन्।

000

मीना (परिवर्तित नाम) युगान्डाकी हुन्। उनले लेबनानमा एक वर्ष चार महिना घरेलु कामदारको रूपमा काम गरिन्।

उनले आफूले काम गर्ने परिवारले आफूमाथि दुर्व्यवहार गरेको बताइन्। त्यसपछि उनले त्यहाँबाट भागेर आफ्नो एजेन्सी फर्कने निर्णय गरिन्।

उनलाई विश्वास थियाे कि उनी घर फर्किन पाउँछिन् तर त्याे कुरा सुनेर उनी हैरान भइन् कि घर फर्किनअघि उनले २ वर्षकाे अनुबन्धकाे कारण अर्के घरमा काम गर्न पर्छ। 

२६ वर्षीया मीनाले भनिन्, 'एजेन्सीमा फर्किएपछि मैले उनीहरूलाई मेरो टिकटको पैसा तिर्न पर्याप्त काम गरेको बताएँ तर उनीहरूले मेरो पैसा लिएर मलाई घर पठाउन दुई वर्ष पर्खेर काम गर्न भनेर एक घरमा पठाए।'

लगातार विस्फोटको आवाजसँगै बाँच्दा मीनाको मानसिक स्वास्थ्यमा असर परेको थियो। उनले आफ्नो घरको काम राम्ररी गर्न सकिनन्, त्यसैले उनले आफ्नो नयाँ रोजगारदातालाई जागिर छोड्छु भनिन्।

उनी उत्तर-पूर्वी लेबनानको बेका उपत्यकाको सहर बालबेकमा परिवारको लागि काम गर्दै थिइन्। 

तर त्यही परिवारले उनलाई कुटपिट गर्थे। र, हमलाकै क्रममा मिनालाई त्याे परिवारले घरबाट निकाले। उनकाे जान ठाउँ नै कही थिएन।

000

केन्याकी अर्की घरेलु कामदार २४ वर्षीया फानाकाले बताइन् कि उनको एजेन्सीले उनलाई हरेक दुई महिनामा विभिन्न घरमा काम गर्न पठाएको थियो, जसकरण उनले सधैं तनाव भाेगिरहनुपर्याे। 

उनी भन्छिन्, ‘म काममा सक्दो गर्ने प्रयास गर्छु तर कोही परफेक्ट जन्मिदैन।'

धेरै जनाले आश्रय दिन अस्वीकार गरेकाले सडकमा जीवन बिताउँदा धेरै चुनौतीको सामना गर्नुपरेको महिलाहरू बताउँछन्।

000

हेसेन साया कोर्बान कारिटास लेबनानको सुरक्षा विभागका प्रमुख हुन्। उनले आफ्नो गैरसरकारी संस्थाले हाल करिब ७० आप्रवासी घरेलु कामदार, विशेषगरी बालबालिका भएका महिलालाई आश्रय दिइरहेको बताएकी छन्।

उनका अनुसार २५० घरेलु कामदारहरूलाई आश्रय दिन थप पैसा चाहिन्छ। 

'हामी उनीहरूलाई सबै आवश्यक सहयोग प्रदान गर्ने प्रयास गरिरहेका छौं, चाहे त्यो कानुनी, मानसिक वा शारीरिक होस्', उनले बताइन्।

प्रकाशित मिति: : 2024-10-19 11:43:00

प्रतिकृया दिनुहोस्