बाढीपहिराे पीडितका लागि गेसाे र जनप्रगतिशील मञ्चले प्रचण्डमार्फत हस्तान्तरण गरे राहत सामाग्री

यही असाेज ११ र १२ गतेकाे अविरल वर्षापछि आएकाे बाढीपहिराेबाट पीडित भएकाहरुकाे सहयाेगका लागि गाेर्खा भूतपूर्व सैनिक संघ (गेसाे) र नेपाल जनप्रगतिशील मञ्च, बेलायतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मार्फत राहत सामाग्री हस्तान्तरण गरेका छन्।

गाेसाेका सभापति कृष्णकुमार राईलगायतकाे टाेलीले साेमबार अध्यक्ष प्रचण्डलाई भेटेर राहत सामागी हस्तान्तरण गरेका हुन्। सभापति राईका अनुसार तीन लाख बराबरकाे राहत सामाग्री हस्तान्तरण गरिएकाे छ।

सभापति राईले बाढीपहिराे पीडितका लागि सहयाेग गर्न पाउँदा गाैरवान्दित भएकाे बताए। ‘केन्द्रीय अध्यक्ष कमरेड प्रचण्डकै समुस्पस्थितिमा रु. ३ लाख बराबरको आवश्यक उपभोग्य सामग्रीहरुमा २५० थान सिरक हस्तान्तरण गर्न पाउँदा म र नेपाल जनप्रगतिशिल मञ्च बेलायत गौरवान्वित भएका छौ’, उनले भने।

महान चाड बडा दसैँमा पनि कयाैँ पीडितहरु छट्टपटिरहेकाेले याे समयमा एकअर्कालाई सहयाेग गरेर लागेकाे घाउमा मलम/पट्टी लगाउनु साझा र मानवीय कर्तव्य रहेकाे सभापति राईकाे भनाइ छ।

याे सहयाेग रकम नेकपा (माओवादी केन्द्र) आबद्ध रहेकाे जनप्रगतिशील मञ्च र गेसाेले पीडित परिवारकाे लागि केही राहत मिलाेस् भन्ने हेतुले बेलायतमा संकलन गरिएकाे जानकारी दिए।

बाढीपहिराेपछि सरकारले पीडितलाई आवश्यक सहयाेग नगरेकाे भन्दै प्रचण्डले राहत सामाग्री सञ्चालन अभिायन चलाएका छन्। याे विपत्तिकाे समयमा प्रचण्डले खेलेकाे भूमिकाकाे चाैतर्फी प्रसंशासमेत भइरहेकाे छ।  

विज्ञप्ति:

प्रकाशित मिति: : 2024-10-14 17:53:00

प्रतिकृया दिनुहोस्