उद्धारमा खटिएका एपिएफका इन्स्पेक्टर बडुवालको निधन

Break n Links
Break n Links

विपद्पछि उद्धार र राहत वितरणमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ। एपिएफ अस्पताल बलम्बुमा आज बिहान उनको निधन भएको हो।

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेको पनौती नगरपालिका- ५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो। साउन ३ देखि उनी सोही बेसको कमान्डर थिए।

पछिल्लोपटक असोज ११ देखिको झरीले काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्धारका लागि उनको कमान्डमा टीम खटिएको थियो।

विपदको उद्धार र राहतमा खटिएका बढुवाललाई असोज २६ गतेदेखि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि जिल्लास्थित धुलिखेल अस्पताल पठाइएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि बडुवाललाई काठमाडौंस्थित सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ल्याइएकाे थियाे।

प्रकाशित मिति: : 2024-10-14 14:55:00

प्रतिकृया दिनुहोस्