आजदेखि नेपालबाट मनसुन बाहिरियाे

आज (शनिबार)बाट नेपालबाट मनसुन बाहिरिएकाे छ।

आजदेखि यस वर्षको मनसुन बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशबाट बाहिरिएकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

असाेज १२ गते कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू-भागका साथै काठमाडाैँ उपत्यकालगायत बागमती प्रदेशको पश्चिमी भू-भाग र मधेश प्रदेशका पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिसकेको तथा त्यसअघि नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै स्थानबाट मनसुन बाहिरिएकाे थियाे। त्यस्तै असाेज २० गते लुम्बिनी प्रदेशकाे पश्चिमी भू-भागकाे थाेरै स्थानहरुबाट माैसम बाहिरिएकाे थियाे।

नेपालबाट सरदर असाेज १६ (अक्टुबर २)मा मनसुन बाहिरिने भए पनि याे वर्ष १० दिन ढिला गरी आजबाट मनसुन बाहिरिएकाे महाशाखाले जनाएकाे छ।

प्रकाशित मिति: : 2024-10-12 16:57:00

प्रतिकृया दिनुहोस्