१८ वर्षीय निमा रिन्जी शेर्पाले ८ हजारभन्दा अग्ला विश्वका १४वटै हिमालकाे आराेहण गरेर कीर्तिमानी कायम गरेका छन्।
बुधबार बिहान शिशपाङ्मा हिमालकाे आराेहण पूरा गरेसँगै रिन्जी ८ हजारभन्दा अग्ला १४वटै हिमाल आराेहण गर्ने सबैभन्दा कान्छाे आराेही भएका छन्। रिन्जीले चीनमा रहेकाे विश्वकाे १४औँ अग्लाे हिमाल शिशपाङ्माकाे बुधबार बिहान ६ बजेर ५ मिनेटमा सफल आराेहण गरेकाे सेभेन समिट ट्रेक्स कम्पनीले जनाएकाे छ।
अहिलेसम्म याे रेकर्ड मिङ्मा ग्याबु (डेभिड) शेर्पाकाे नाममा रहेकाे थियाे। उनले ३० वर्षकाे उमेरमा विश्वका १४वटै अग्ला हिमालकाे आराेहण पूरा गरेका थिए।
यस्ताे छ रिन्जीकाे आराेहण यात्रा:
मनास्लु (८१६३ मिटर) – ३० सेप्टेम्बर २०२२
सगरमाथा (८८४८.८६ मिटर) – २४ मे, २०२३
ल्होत्से (८५१६ मिटर) – २४ मे २०२३
नङ्गा पर्वत (८१२५ मिटर) – २६ जुन २०२३
गाशेरब्रम I (८०६८ मिटर) – १८ जुलाई २०२३
गाशेरब्रम II (८०३५ मिटर) – १९ जुलाई २०२३
ब्रॉड पीक (८०४७ मिटर) – २३ जुलाई, २०२३
माउन्ट K2 (8611m) – २७ जुलाई, २०२३
चो-ओयु (८२०१ मिटर) – ६ अक्टोबर २०२३
धौलागिरी (८१६७ मिटर) – २९ सेप्टेम्बर, २०२३
अन्नपूर्ण I (८०९१ मिटर) – १२ अप्रिल, २०२४
मकालु (८४८५ मिटर) – ४ मे, २०२४
कञ्चनजङ्घा (८५८६ मिटर) – ८ जुन, २०२४
शिशापाङ्मा (८०२७ मिटर) – ९ अक्टोबर २०२४