हल्कादेखि मध्यम वर्षाको सम्भावना

फाइल तस्बिर
फाइल तस्बिर

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

सोही कारण अहिले देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमलगायत अन्य प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ।

कोशी र बागमती लगायत अन्य प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2024-10-06 07:26:00

प्रतिकृया दिनुहोस्