नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिपी कोइरालाको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन्।
शुक्रबार कैलाश कोइरालाद्वारा लिखित उपन्यास ‘शास्त्र’को विमोचन कार्यक्रममा बोल्दै उनले पार्टीभित्र नेताहरुले आफूलाई भन्न मन लागेको कुराहरु बीपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले भने, ‘हाम्रो पार्टीभित्र कसैलाई आफूलाई मन लागेको कुरा भन्नुप¥यो भने कहाँ गएर खोज्ने भने बिपीले यस्तो भन्नुभएको थियो भनेर सुरु गर्ने परिपाटी छ। तर बिपीले हामीमाझ आएर मैले यस्तो भनेको होइन भन्नुहुन्न। तर हामीलाई बिपीकै नाम लिएर सजिलोसँग उम्किने बाटो भएको छ।’
त्यस्तै महामन्त्री थापाले नेपाली कांग्रेस पार्टीमा पछिल्लो समय कसैलाई संघीयता मन नपरे पनि, कसैलाई संविधान मन नपरे पनि सबैलाई बिपीको नाम जोड्दा सजिलो भएको बताए।