नेपालमा पहिलोपटक दुईदिने ‘राष्ट्रिय धार्मिक संघ संस्था’ सम्मेलन सुरु भएको छ।
नेपालभर हिन्दु राष्ट्रलाई कायम राख्न एकजुट भएर लाग्नुपर्ने सन्देश दिनका लागि उक्त सम्मेलन सुरु भएको होे।
शुक्रबार धुमराहीबाट सुरु भएको सम्मेलन शनिबारसम्म चल्नेछ।
डा. चिन्तामणी योगीका अनुसार सम्मेलनमा देशैभरिका ३२५ वटा संघसंस्था र ऊँकार परिवारको सहभागिता रहेको थियो।
‘हाम्रो कार्यक्रमको मुख्य उद्देश्य भनेकै गौरक्षा, धर्मरक्षा र राष्ट्र रक्षा गर्नु हो। सबैलाई समेटिएर राष्ट्र योजना बनाउँदै कार्यक्रमको तय शनिबार हुनेछ।’
धर्भ, सत्कार र सस्कृति खल्बलिएको धर्मगुरु–आचार्य किशोर कुमार बताउँछन्। उनी भन्छन्, ‘अब हामी एकजुट हुनेबेला भएको छ। धर्म निरपेक्षणले हामीलाई चोट दिएको छ। जसकारण ऊँकार परिवार एकजुट भएर गौरक्षा, धर्म रक्षा र राष्ट्र
रक्षाको निम्ति सकंल्प गर्नुपर्छ।’
त्यस्तै शुक्रबार दुई वटा कार्यपत्र पस भएको थियो। पहिलो कार्यपत्र डा. चिन्तामणी योगी र दोस्रो कार्यपत्र मोहन रुपाले पेस गरेका थिए।
त्यसैगरी बाँसुदेव शास्त्रीले एकजुट भएर दुई–तीन वटा कठोर निर्णय गरेर अगाडि बढ्नुपर्ने बताए।