दलितकाे लागि याे जस्तो प्रगतिशील संविधान इतिहासमा कहिलै बनेको थिएन– देवराज विश्वकर्मा

Break n Links
Break n Links

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलितका लागि अहिलेको जस्तो प्रगतिशील संविधान कुनै पनि नभएको बताएका छन्। संविधान दिवसको सन्दर्भमा बिएल नेपाली सेवासँग कुराकानी गर्दै विश्वकर्माले यस्तो बताएका हुन्।

‘दलितहरुको दृष्टिकोणबाट हेर्दाखेरि नेपालको इतिहासमा यति प्रगतिशील संविधान यसपूर्व कहिले बनेको थिएन’, विश्वकर्माले भने, ‘दलितहरुका लागि धारा २४, धारा ४०, धारा २५५, ५६, ५७ जुन व्यवस्था गरिएको छ यो स्वभाविकरुपमा दलित समुदायको उन्नति, प्रगति, मूलप्रवाहिकरण यो संविधानले चाहन्छ।’ यस अर्थमा संविधान दिवस हर्षोल्लासको रुपमा मनाउनुपर्ने उनको भनाइ छ।

यद्यपि, संविधान उत्कृष्ट हुँदा हुँदै पनि कार्यान्वयनमा समस्या रहेको विश्वकर्माले बताए।

संविधान दिवसका सन्दर्भमा अध्यक्ष विश्वकर्मासँग बिएलकर्मी कमल विकले गरेको भिडियो कुराकानी यहाँ प्रस्तुत छ :

प्रकाशित मिति: : 2024-09-19 15:44:00

प्रतिकृया दिनुहोस्