सहकारीको पैसा कांग्रेस र एमालेले पनि अपचलन गरेको छ: सांसद सिंह (भिडियाे)

Break n Links
Break n Links

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सहकारीमा १ खर्बभन्दा बढी पैसा अपचलन भएको बताएका छन्।

आइतबार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसद सिंहले सहकारीको पैसा रास्वपाले मात्र नभएर काँग्रेस र एमालेले पनि अपचलन गरेको बताएका हुन्।

उनले भने, ‘सहकारीको नेपाली जनताको कर पसिनाको पैसा जुन १ खर्बभन्दा बढी पैसा अपचलन भएको छ, त्यो अपचलन कुनै एउटा रास्वपाले मात्र होइन। वास्तवमा सहकारीको लागि न्यायीक छानबिन समिति यसको लागि उपयुक्त होइन, किनकि ३० वर्षदेखि यो देशमा शासन कांग्रेस र एमालेले गरिरहेको छ। त्यसैले यो सहकारीको पैसा एमाले, कांग्रेसले अपचलन गरेको हो। रविको मुख बन्द गराउनको लागि नयाँ सरकारमा समावेश गरेको हो। तर यसमा सर्वोच्च अदालतले न्यायिक छानबिन गर्न आवश्यक छ।’

साथै उनले सहकारीका दोषीहरुलाई कारवाही गरिनुपर्ने बताए। उनले सहकारीको पैसा अपचलन गरेकाहरुबाट पैसा असुल गरेर सहकारी पीडितहरुलाई हस्तान्तरण गर्नुपर्ने बताए। 

प्रकाशित मिति: : 2024-09-15 19:00:00

प्रतिकृया दिनुहोस्