बिएल संवाददाता
अमेरिकाको जर्जियास्थित एक हाईस्कूलमा गाेली चल्दा कम्तीमा ४ जना मारिएका छन्।
मारिनेमा विन्डरस्थित अपलाची हाईस्कूलका २ शिक्षक र २ विद्यार्थीको रहेका छन्। घटनामा ३० भन्दा बढी शिक्षक–विद्यार्थी घाइते भएका छन्। विन्डर एटलान्टा शहरबाट ७० किलोमिटर टाढा रहेको एक सानो सहर हो।
घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जनाएका छन्। घटना नेपाली समयअनुसार बुधबार राति लगभग ८ बजेतिरको हो।
प्रहरीले घटनास्थलबाट एक अभियुक्तलाई पक्राउ गरेको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार अभियुक्त विद्यालयकै १४ वर्षीय कोल्ट ग्रे हुन सक्ने अनुमान गरिएको छ।
होमल्याण्ड सेक्युरिटीका सल्लाहकार लिज शेरवुड–रान्डलले घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडेनलाई जानकारी समेत गराइसकेका छन्।
गोली प्रहारपछि हाईस्कूलका विद्यार्थीहरूलाई नजिकैको फुटबल रंगशालामा सारिएको छ।
एफबीआईले एजेन्सीका एजेन्टहरू घटनास्थलमा रहेको र यस क्षेत्रमा अनुसन्धान भइरहेको बताएको छ। प्रशासनले ब्यारी काउन्टीका सबै विद्यालय बन्द गरेको छ। सतर्कताका लागि जिल्लाका सबै हाईस्कूलमा प्रहरी परिचालन गरिएको छ।
स्थानीय अधिकारीहरूले विद्यार्थीहरूलाई उनीहरूका अभिभावकहरूसँग पुनर्मिलन गरिरहेका छन्। जर्जियाका गभर्नर ब्रायन केम्पले राज्यका निकायहरूलाई तत्काल राहत उपलब्ध गराउन आग्रह गरेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया