बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई जिब्रोमा ब्रेक लगाउन अनुराेध गरेका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले मन्त्री गुरुङले प्रहरी महानिरीक्षक (आईजीपी) को जिब्रो थुत्नुपर्ने भन्ने अभिव्यक्ति दिएपछि यस्ताे अनुराेध गरेका हुन्।
साथै उनले यसकाे जवाफ संसदमा दिन सभामुखसँग अनुराेध गरेका छन्।
‘माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूले केही दिन पहिला नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ। अभिव्यक्ति आपत्तिजनक छ। मन्त्रीहरूलाई अनुराेध गर्न चाहन्छु, जिब्रोमा ब्रेक लगाइयाेस्। अन्त कहाँ कहाँ लगाउनुपर्ने हाे ब्रेक लाग्दै गर्ला तर मन्त्रीहरूले चाहिँ जिब्रोमा ब्रेक लगाएर बाेल्ने गरियाेस्। सभामुखसँग अनुराेध गर्न चाहन्छु, यसकाे जवाफ संसदमा दिइयोस्‚’ उनले भने।
गत शनिबार पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले ‘प्रहरी महानिरीक्षकको जिभ्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि सञ्चारमन्त्रीकाे चाैतर्फी आलोचना भइरहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया