राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले जहाज ग्राउन्डेड हुँदा दैनिक पाँच करोड बढी नोक्सानी भएको भन्दै सरकारलाई ध्यानाकर्षण गराएका हुन्।
उनले भने, ‘दैनिक रुपमा पाँच करोड बढी नोक्सानी व्यहोरेको छ। कतै यो चाडपर्व आइरहेको समयमा, कतै अन्तर्राष्ट्रिय अन्य कम्पनीहरुले सञ्चालितहरूलाई पैसा र नाफा दिनको लागि सेटिङमा आफ्नो ध्वजाबाहकलाई पार्किङमा पुर्याएको त होइन?’
साथै जाँचका लागि भारत हुँदै इटाली पठाइएको जहाज ९० दिनसम्म किन बनेन भनेर प्रश्न गरे। उनले राजनीतिक प्रलोभनका कारण दैनिक पाँच करोड घाटा भएको भन्दै चिन्ता व्यक्त गरका छन्।