ईश्वरी राई (इशु)
नेपालमा पछिल्लो समय लागुऔषध दुर्व्यसनीहरूकाे संख्या बढ्दै गएको छ।
गृह मन्त्रालय र तथ्याङ्क विभागले २०६३ सालमा गरेको सर्वेक्षणअनुसार ४३ हजार ३ सय ९ जना दुर्व्यसनी थिए भने २०७६ मा त्यो संख्या बढेर १ लाख ३० हजार ४ सय २४ पुगेको छ।
तर अझैपनि लागुऔषध प्रयोगकर्ताहरूको संख्या बढ्दै गइरहेको लागुऔषध नियन्त्रण ब्यूराले जनाएको छ।
पछिल्लो पाँच वर्ष यता मात्र देशभरबाट २४ हजार ७ सय ५५ जना लागुऔषध प्रयोगकर्ताहरू पक्राउ परेका छन्। तर लागुऔषध प्रयोगकर्ताहरू आफैंमा अपराधी नभएको कन्ट्रोल एडिक्शन नेपाल (क्यान)का उपाध्यक्ष क्षितिज श्रेष्ठ बताउँछन्।
उनका अनुसार लागुऔषध कारोबारीहरू अपराधी हुन् तर यसको प्रयोगकर्ताहरू भने अपराधी होइनन्। यो त मात्र एउटा रोग हो। जसको उपचार सम्भव छ। र, नेपालका विभिन्न सुधार गृहमा यसकाे उपचार भइरहेकाे छ।
तर लागुऔषध दुर्व्यसनीहरूको उपचार गर्न कत्तिको चूनौतीपूर्ण छ? किन युवाहरू कुलतमा फसिरहेका छन्? र, किन उनीहरूलाई समाजले अपराधी ठहराउँछन् त? त्यही विषयमा केन्द्रित रहेर बिएल नेपाली सेवाका लागि ईश्वरी राई ‘इशु’ले क्यानका उपाध्यक्ष श्रेष्ठसँग गरेको कुराकानीः
हेर्नुहोस् भिडियोः
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया