आफूहरुविरुद्ध नाराबाजी भएपछि देउवाले जंगिँदै भने- यही हो नेपालको चलन? (भिडियाे)

Break n Links
Break n Links

गौरापर्व विशेष कार्यक्रममा टुँडिखेलमा सहभागीहरुले नेताहरुविरुद्ध नाराबाजी गरेका छन्।

सोमबार सैनिक मन्च टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागीहरुले प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेस सभापति देउवालगायतका नेताहरुविरुद्ध नाराबाजी गरेका हुन्।

साेही क्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा बोल्दैगर्दा नाराबाजी भएपछि देउवा आक्रोशित हुँदै आन्दोलनकारीलाई गाली गरेका थिए। आक्रोशित हुँदै देउवाले भने, ‘जति गर्ने हो गर्नुस्। जति कराउने हो, कराउनुस्।’

सहभागीहरुले आफू बोल्दा बाेल्दै नाराबाजी गरेपछि देउवा ‘लाज छैन’ भन्दै जंगिएका थिए।

‘यही हो नेपालको चलन? यही हो सिकेर आएको?’, देउवाले भने, ‘कार्यक्रम बिथोल्ने, लाज छैन।’ गौरापर्व खेल्न र हेर्न आएकाहरुको कार्यक्रम बिथोल्न खोजेको भन्दै देउवाले आक्रोश व्यक्त गरेका थिए।

नाराबाजीकाबीच देउवाले आफ्नो सम्बोधन जारी राखेका थिए। देउवा अघि प्रधानमन्त्री ओली बोल्दा पनि नाराबाजी भएको थियो।

नाराबाजीमा सहभागीहरुले बालेन्द्र शाह(बालेन)लाई नबोलाएकोमा आक्रोश पोखेको बताइन्छ। प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह(प्रशंसा)ले बर्षेनी काठमाडौँमा गौरापर्व विशेष कार्यक्रम गर्दै आइरहेको छ। 

प्रकाशित मिति: : 2024-08-26 22:30:00

प्रतिकृया दिनुहोस्