त्रिविको सम्पत्ति एमाले-कांग्रेसले बाँडेर पार्टी अफिस बनाउँदा हुन्छ: सांसद सिंह (भिडियाे)

Break n Links
Break n Links

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेकपा एमाले र नेपाली काँग्रेसले त्रिभुवन विश्वविद्यालयलाई कब्जा गरेको आरोप लगाएका छन्।

बिहीबार बसेकाे प्रतिनिधिसभाको बैठकमा उनले यस्ताे आरोप लगाउँदै त्रिविमा सुरक्षा थ्रेट बढेको विषयमा सरकारको ध्यानाकर्षण गराए।

‘पढेलेखेको कारणले त्रिभुवन विश्वविद्यालयको जुन दशा दुई वटा दलले गर्नुभएको छ, म आग्रह गर्न चाहन्छु दुई वटा दलले आधा आधा सम्पत्ति बाँडाैँ र पार्टी अफिस बनाऔँ, आधा काँग्रेस, आधा एमाले। किनकी विद्यार्थी सबैलाई विदेश लखेटेकै हो। यसै मौकामा दुई दलको सरकार छ, जुन त्रिभुवन विश्वविद्यालयको ठुलो जग्गा छ त्यो आफ्नो पार्टीको नाममा दर्ता गर्नुस्’, उनले भने।

साथै उनले देश जनताको नभएर दलको भएको जिकिर गरे। उनले भ्रष्टाचारको मुद्दामा हदम्याद गरेर अहिलेको सरकारले भ्रष्टाचारीलाई चोख्याउन खोजेको आरोप लगाए। 

प्रकाशित मिति: : 2024-08-22 15:48:00

प्रतिकृया दिनुहोस्