काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव भेटिएको छ।
बसपार्कभित्र २ महिनादेखि पार्किङ गरेर राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी शव भेटिएका हुन्। उनकाे मृत्युकाे कारण भने खुलेकाे छैन।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रवक्ता अधिकारीले बताए।। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे छ।