क्यान्सर निदानका लागि भारतकै भर

मिनु गोले

काठमाडौँ
Break n Links
Break n Links

भक्तपुर नयाँ ठिमीकी ४८ वर्षीया सुस्मिता पोखरेललाई दुई वर्षअघि ( पुस २०७९) आन्द्रामा क्यान्सर देखियो। त्यो पनि आफ्नै जन्मदिनमा।

क्यान्सर देखिनु केही दिनअघि बिहानी खाना खाँदा एक्कासी उनको घाँटीमा खाना खड्किएको थियो। त्योक्रम दुई–तीन दिन दोहोरिएपछि उनी घाँटीमा कुनै समस्या भएको छ कि भनेर नाक कान घाँटी अस्पताल बागबजार पुगिन्। 

अस्पतालमा चिकित्सकले चेकअप गरे। घाँटीको समस्या हेर्न भिडियो एक्स–रे पनि भयो। सबै चेकअप हुँदा पनि केही देखिएन। 

चिकित्सकले ग्यास्ट्रोलोजी सम्बन्धी अपचार गर्न सल्लाह दिए। उनी ललितपुर निदान अस्पतालमा पुगिन्। निदान अस्पतालमा इन्डोस्कोपी गर्दा आन्द्रामा घाँउ देखियो।

आन्द्रामा घाउ त देखियो तर यहाँ पनि यो घाउँ क्यान्सर हो भनेर पत्ता लागेन। अनि उनी अर्को अस्पताल नर्भिकमा पुगिन्। सिटी स्क्यान भयो। रिर्पोट आउन दुई दिन लाग्यो। रिर्पोटमा पहिलो स्टेजको क्यान्सर पुष्टि भयो। 

आफ्नै जन्मदिनमा आएको त्यो रिपार्टले उनलाई चिन्तित बनायो। ‘क्यान्सरको शब्द सुनेपछि मत छागाँबाट खसेझै भए। रुन मन पो लाग्यो। आँसु बरर आयो’, उनले भनिन्। 

आन्द्रामा क्यान्सर देखिएपछि उनले नेपालमा उपचार गराइनन्। किन? सुस्मिता भन्छिन्– ‘यहाँ रोग पत्ता लगाउन त म ३ वटा अस्पताल धाउनुपर्‍यो। उपचार झन कस्तो होला भनेर यहाँ उपचार नै गर्न मन लागेन।’

साथमा उनलाई आफन्तै चिकित्सकले नेपालमा उपचार नगर्ने र बाहिर जान सल्लाह दिए। त्यसपछि उनी भारत पुगिन्। उपचार गरिन्। क्यान्सरलाई जितिन्। एक महिनापछि घर फर्किएकी उनी अहिले ६/६ महिनामा फलोअपका लागि भारतमा जाने गर्छिन्।

०००

क्यान्सर लाग्दैमा मरिहालिन्छ भन्नु एकादेशको कथाजस्तै हो: डा. शाही (अन्तर्वार्ता)

कलाकार घनश्याम गौतमलाई एक दिन सुटिङमा एक्कासी पखाला लाग्यो। त्यसपछि उनलाई दिशामा रगत पनि देखिन थाल्यो। त्यति हुँदा पनि उनले सोचेका थिए पायल्स त भए होला!

त्यसपछि आयुर्वेद औषधि खान थाले। महिना दिन औषधि खाँदा पनि रगत रोकिएन। झनै गाह्रो भयो। दिनमा १५ पटकसम्म शौचालय जानुपर्ने अवस्था आयो।

अनि उनी उपचार गर्न तयार भए। काठमाडौँ मेडिकल कलेज (केएमसी) मा पुगे। चेकजाँच भयो तर रिपोर्ट आउन समय लाग्यो। किनकी केएमसीले रिपोर्टका लागि भारत पठाएको थियो। 

भारतबाट रिपोर्ट आउन १५ दिन लाग्यो। रिपोर्ट त आयो, त्यो रिपोर्टले उनलाई झस्कायो। रिपोर्टमा उनलाई आन्द्रामा क्यान्सर देखिएको थियो। साउन २०८० मा क्यान्सर भएपछि उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार सुरु गरे। 

घनश्यमले किमोथेरापी गरे। आन्द्राको शल्याक्रिया गरे। भक्तपुरमै एक वर्षसम्म उनी चिकित्सकको निगरानीमा रहे। क्यान्सर केही कम त भयो तर निको भएन। 

त्यसपछि उनी पनि सुस्मिता जस्तै उपचारका लागि यही असार १६ गते भारत पुगे। यहाँ किन उपचार सफल भएन? घनश्याम भन्छन्– ‘मेरो उपचार गर्ने नेपालमा उपकरण नै रहेनछ।’ 

उनलाई एक वर्षसम्म चिकित्सकले यहाँ अल्झाएर राखेको जस्तो लागेको छ। ‘अस्पतालमा मलाई उपचार गर्ने उपकरण रहिनछ। यो कुरा मलाई पहिले नै भनेनन्। डाक्टरले अल्झएर राखे,’ उनले भने ‘पहिले नै भनेको भए हामी अन्तै जन्थ्यौँ। पछि डाक्टरहरुले कुरा घुमाएर हाम्रो उपचार कन्डिसन राम्रो छैन भन्नुभो त्यसपछि हामी भारत जाने निधो गरेका हौँ।’ 

उनलाई लाग्छ नेपालमा क्यान्सर उपचारमा धेरै लापर्वाही हुने गरेको छ। 

सुस्मिता र धनश्याम नेपालीहरू क्यान्सर उपचारका लागि भारतमा किन भर पर्नुपरेको छ भन्ने उदाहरण हुन्। उनीहरू जस्तै क्यान्सरको उपचार गर्न भारत लगायत देशमा नेपालीहरू भर पर्नु परेको छ। तर कति नेपाली क्यान्सरका लागि भारत वा अन्य देशमा पुग्छन् भन्ने तथ्याङ्क सरकारी निकायसँग छैन। 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२० मा नेपालमा एक वर्षमा २० हजार ५०८ जना मा क्यान्सर पुष्टि भएको थियो। सोही वर्ष क्यान्सरकै कारण १३ हजार ६२९ जनाको मृत्यु भएको थियो।

क्यान्सरका बिरामी कति हुन्छन् भन्ने तथ्याङ्क भए पनि बाहिरी देशमा उपचारका लागि कति जान्छन् र किन जान्छन् भन्नेमा कुनै विवरण भेटिदैन। सरकार क्यान्सर उपचारका लागि बाहिरी देशको भर पर्नु नपर्ने बताउँछ। चिकित्सक पनि नेपालमा सबै क्यान्सरको उपचार सम्भव भएको बताउँछन्।

कलेजोको क्यान्सर किन हुन्छ, उपचार के हो? (भिडियाे)

बाहिरी देशमा हुने उपचार विधि र नेपालमा हुने उपचार विधि उही भएको चिकित्सहरूले भन्दै आएका छन्। तर पनि नेपालीहरू भने भारतलगायत देशमा क्यान्सर उपचारका लागि भर पर्नुपरेको देखिन्छ। 

किन नेपालीहरू स्वदेशमै उपचार सम्भव हुँदा पनि बाहरी देश जाने गरेका छन्? भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.रोशन प्रजापती भन्छन् ‘नेपालमा क्यान्सरको उपचार गर्न सम्भव छ तर यो एउटा ट्रेन्ड (देखासिखी) नै भइसक्यो।’

उनले नेपालमा सबै क्यान्सर रोगको उपचार सम्भव भएको बताए। ‘८९ प्रतिशत नेपालमै चेकजाँच हुन्छ। उपचार हुन्छ’, उनले भने।

तर उनी नेपालमा केही प्राविधिक समस्या भने देख्छन्। डा. प्रजापतीले नेपालमा शल्यक्रिया गर्न समय कुर्नुपर्ने, एउटा अस्पतालमा शल्यक्रिया गरेमा अर्कोमा किमोथेरापी गर्ने जस्ता झन्झटिलो प्रकृयाले गर्दा केही बाहिरी देशमा उपचारका लागि पुगेको हुन सक्ने बताए।

        ...किन हुन्छन् मानसिक समस्याहरु? कसरी बच्ने? (भिडियो)

प्रकाशित मिति: : 2024-07-11 19:25:00

प्रतिकृया दिनुहोस्