‘भात’ले राेग लाग्छ भन्ने हाेइन, खान पनि जान्नुपर्छ

file photo
file photo

अहिले सबैको भान्छामा धेरै किसिमका परिकार पाक्छन्। पोषणका लागि थरिथरिका खाना मिसाएर खाने चलन छ।

त्यतिमात्रै नभएर बाहिरी होटल–रेस्टुरेन्टको परिकारहरू पनि मिसाइएको खानाले शरीरमा कस्तो असर गर्छ? पाचन ठीक तरिकाले हुन्छ कि हुँदैन? शरीरलाई ठीक छ कि छैन? भन्ने कुरामा हामी त्यति ध्यान दिँदैनाैं।

एकैपटक धेरै परिकारका खाना खाँदा शरीरलाई बल होइन, पाचन प्रक्रियालाई भार पर्छ। त्यसैले स्वस्थ रहन खाने सही तरिका के हो, कुन खानासँग कस्तो खाना मिलाएर खान मिल्छ र कुन खानेकुरासँग के खानु हुँदैन भन्ने सामान्य ज्ञान सबैमा हुनुपर्छ। त्यसका लागि सुरूमा शरीरलाई चाहिने खाना के–के हुन्, ती कहाँ र कसरी पाचन हुन्छ भन्ने बुझ्न जरुरी छ।

हाम्रो शरीर निर्माण र सञ्चालन गर्न विभिन्न पोषक तत्व चाहिन्छ। ती तत्व धेरै जस्तो शरीरले भातबाटै पाउँछ। शरीरका लागि चाहिने पोषक तत्वमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, कसरत, रेशा र पानी हुन्।

भात, दाल माछामासु, अन्डा, गुन्द्रुक, आचार, दहीलगायत सलाद सबै मिलाएर खानुपर्छ। चाहे त्याे तीनै समय नै किन नहाेस्।

पछिल्लो समय बिहान–बेलुका भात खानुकाे सट्टामा मानिसहरू राेटी खाने गर्छन्। तर त्याे ठिक हाेइन। चामलकाे प्रयाेगले राेग निम्त्याउने हाेइनबरू, कार्बोहाइड्रेटको मात्रा उच्च हुन्छ। उर्जा बनाउँछ।

मोटोपना, मधुमेह जस्ता समस्याका कारणले चामालकाे भात खान छाेड्छन। तर, खानै नखान भनेर कुनैपनि चिकित्सकले सल्लाह दिदैँनन्। तर कसरी खाने भन्ने कुरामा भर पर्छ।

उदाहरणका लागि– पहिलेका मानिसहरू गाउँघरमा आहिलेभन्दा दुई गुण बढी खाना खाएपनि पचाउँथे। मेलापात गर्ने, हिडुल गर्ने, मजदुर काम गर्थे तर अहिलेका मानिसहरूले त्यही खानेकुरा खान्छन् तर पचाउन सक्दैनन्। किनकी अहिलेकाे मानिसहरू पेटभरि खाना खान्छन् अनि अफिसकाे डेक्समा काम गर्छन्। 

बाहिरी फिल्डमा काम नगर्ने अनि दिनभरि ल्यापटपमा बसेर काम गर्ने बानीले पनि मानिसहरूलाई अल्छि बनाउँछ। र, खाएकाे पनि पच्दैन। त्यसपछि शरीरमा समस्या देखिन थाल्छ। अनि फेरि मानिसहरू भातलाई नै दाेष दिन थाल्छन्। 

 चामलमा के पाइन्छ?

अन्नहरूमध्ये सबैभन्दा महत्वपूर्ण अन्न हाे, चामल। चामलमा कार्बोहाइड्रेट प्रशस्त मात्रामा पाइन्छ। साथै फाइबर, पोषण र भिटामिन 'बी–वान'लगायत तत्व पाइन्छ।

चामलको भात छाेड्नुपर्छ र? 

मस्तिष्कको विकास र शरीरका लागि नभई नहुने महत्वपूर्ण कार्बोहाइड्रेट चामलमा पाइन्छ।

त्यसैगरी जन्मिएकाे ५–६ महिनापछि बच्चालाई चामलकाे भात वा ज्वाउलाे खुवाइने गरिन्छ। चलिदैं आएको चलन पनि हो।

कार्बोहाइड्रेटको मुख्य स्रोतलाई छोड्दा हाम्रो शरीर र मस्तिष्कले राम्ररी काम गर्न सक्दैन। त्यसैले चामलकाे भातलाई छोड्नु उचित हुँदैन।

कार्बोहाइड्रेट कम भयो भने शरीरको ‘मेटाबोलिक’ खाना पचाउने प्रक्रिया नै बिग्रिन्छ। जसले शरीरमा अन्य रोग निम्तिने सम्भावना हुन्छ।

शरीरमा कार्बोहाइड्रेट कमी भयो भने ऊर्जा कम भएर कमजोर महसुस हुने र सुगर लेबल स्वाट्टै घटेर बेहोस हुनेजस्ता समस्या देखिन थाल्छ। 

पोषणविद् अनुश्री आचार्यसँगको कुराकानीको आधारमा आचार्य नयाँ बानेश्वरस्थित भेनस अस्पतालमा कार्यरत छिन्। 

प्रकाशित मिति: : 2024-06-30 19:37:00

प्रतिकृया दिनुहोस्