कसरी गरिन्छ ब्रेन ट्युमरको उपचार? (भिडियो)

मिनु गोले

काठमाडौं
file photo
file photo

मस्तिष्क मानव शरीरको महत्वपूर्ण अंग हो। मस्तिष्कले विचार, अनुभव, ज्ञान र अन्य मानव गुणस्तरहरूको नियन्त्रण गर्छ। यदी ब्रेनले काम गर्न सकेन भने अरू अंगकाे पनि महत्व हुँदैन। 

तर, शरीरकाे सबैभन्दा महत्वपूर्ण अंग रहेकाे ब्रेनमा विभिन्न राेगहरू लाग्न सक्छ। जसले हामीलाई मृत्युकाे मुखसम्म पुर्याउन सक्छ। 

तर, ब्रेनमा लाग्ने कस्ताे राेग हाे? के कारणले लाग्छ? राेग लाग्नुकाे लक्षण के हाे? र यसकाे उपचारकाे लागि कति खर्च लाग्छ? यस्तै प्रश्नहरूमा केन्द्रित रहेर बिएलकर्मी मिनु गोलेले इन्टरभेन्सनल न्यूरोसर्जरी डा. प्रसन्ना कार्कीसँग कुराकानी गरेकी छन्।

प्रस्तुत छ, डा.प्रसन्ना कार्कीसँगकोे कुराकानीमा आधारित सामाग्रीको सम्पादित अंशः


ब्रेन ट्युमर भनेकाे के हाे?

ट्युमर भनेको कुनैपनि अंगमा अनावश्यक मासु पलाउनु हो। मस्तिष्कमा मासु पलाउने वा नर्मल  मस्तिष्कमा क्यान्सर सेलमा परिणत हुनेलाई ब्रेन ट्युमर भनिन्छ।

ब्रेन ट्युमरका लक्षण शरीरकाे भागअनुसार हुन्छ। जस्तैः आँखाको हेर्ने शक्ति कम हुने वा एउटा आँखा नदेखिने, बोलीमा फरक आउने र अनुहारमा प्यालाइसिस हुने गरिन्छ।

ट्युमर विभिन्न ठाउँमा हुन्छ। टाउँकोकाे हडीमा मासु पलाउनेदेखि बाहिरी भागसम्म हुने गर्छन्। ब्रेन ट्युमर हुँदा ब्रेनको सेल्सहरूलाई क्यान्सर हुँदै– बढ्दै जान्छ। यही कारणले बिरामीलाई गाह्रो हुने, बेस्सरी टाउँको दुख्ने, आँखा नदेखिने बेहोस हुने गर्छ।

ट्युमर वशंणुगत पनि हुन्छ। विशेष गरी क्यान्सर ट्युमर भएको व्यक्तिले जन्माउने बच्चामा देखिने सम्भवान हुन्छ। यो रोग सानो ठूलो दुबै उमेरको समूहलाई हुर्ने गर्छ। 

कति किसिमकाे हुन्छ ट्युमर? 

खासमा ट्युमर दुई किसिमका हुन्छन्। एउटा नन् क्यान्सर र अर्काे क्यान्सरस ट्युमर। 

नन् क्यान्सर भन्नाले एकपटक क्यान्सर निकालेपछि बिरामीलाई दीर्घकालीनसम्म पनि राम्राे हुन्छ। र, ट्युमर नपलाउने हुन्छ। तर क्यान्सरस ट्युमरमा काटेर फ्याकेपनि छ महिनापछि फेरि पलाउने सम्भावना हुन्छ। 

ट्युमरकाे उपचार खर्च कति लाग्छ? 

क्यान्सरस ट्युमर भएको बिरामीलाई किमोथेरापी दिइन्छ। एमआरआइ गर्दै उपचार गरिन्छ। नन् क्यान्सर ट्युमरमा ओपन सर्जरी गर्दा अगडि नै एक लाख तिनुपर्छ।

दोस्रो ओपन सर्जरी गर्दा दुई लाख र आइसियुमा राख्दा ५–६ लाख रूपैयाँ खर्च हुन्छ। यदि क्यान्सरस ट्युमर छ, भने त्यसलाई किमोथेरापी रेडियासन दिदाँ अलि खर्च बढ्न सक्छ।

भिडियाे:

प्रकाशित मिति: : 2024-06-08 18:20:00

प्रतिकृया दिनुहोस्