कानेगुजी निकाल्नु हुँदैन (भिडियाे)

Breaknlinks
Breaknlinks

कानकाे नली, जाे जालीमा गएर जाेडिन्छ। त्यहाँ एक प्रकारकाे ग्रन्थी हुन्छ। त्यो ग्रन्थीले एक किसिम्मको पदार्थ उत्पादन गर्छ।

कानेगुजीले बाहिरबाट छिरेकाे कुनै पनि कुरालाई कानकाे जालीसम्म पुग्नबाट राेक्छ। अर्थात्, यसले कानकाे जालीलाई जाेगाउन मद्दत गर्छ। तर, कानेगुजी धेरै जम्मा भएमा नराम्राे असर पनि गर्न सक्छ। जस्तै: जस्तै कान डम्म हुने, चिलाउने, दुख्ने हुन्छ।

यस्ताे बेला मानिसहरुले कानमा तेल हालेका हुन्छन्, अझै हाम्राेमा त चलन नै छ, बच्चा जन्मिएपछि शरीरमा र कानमा तेल हालिदिने। तर, त्यसरी कानमा तेल हाल्दा कानेगुलीलाई ह्याम्पर (जाेड) पर्छ। त्यसमाथि तेल चिल्लाे पदर्थ हाे धुलाे टाँसिएर जम्छ। त्यसैले कानमा तेल हाल्नु हुँदैन। तेल हाल्याे भने कानेगुजी जम्छ, कानेगुजी जम्याे भने असर गर्छ।

कहिले काहीँ कानमा किरा पस्याे भने चाहिँ तेल हाल्न सकिन्छ। जस्तै: साङ्ला कानमा पसेमा त्यसलाई तेल हालेर प्यारालाइज गर्ने गरिन्छ। नत्र भने तेल हाल्नु हुँदैन। याे राम्राे चलन हाेइन्।

कसैकाे नुहाएर कान काेट्याउने बानी पनि हुन्छ। त्यसाे गर्नुहुँदैन, त्यस्ताे गर्दा कानकाे भित्तामा घाउ हुन्छ। अनि, ब्याक्टेरिया बढ्ने सम्भावना हुन्छ, यसले कानमा संक्रमण गराउँछ। कानेगुजीलाई अन्धधुन्ध कोट्याउँदा झन भित्र जान्छ र बाहिर निस्कने सम्भावना हुँदैन। कानेगुजी काेट्याइकाेट्याइ निकाल्नु पर्दैन। कानेगुजी आफैँ बाहिर निस्कने प्रक्रिया हुन्छ। जस्तै: हामीले हाई... गर्दा वा खानेकुरा चपाउँदा कानेगुजी आफैँ निस्कन्छ।

केहीगरी निस्किएन भने चिकित्सकलाई देखाएर निकाल्न सकिन्छ।

अहिले त टेक्नाेलाेजी (प्रविधि)काे जमाना छ। यसका फाइदा पनि छन्, बेफाइदा पनि छन्। प्रविधिकाे धेरै प्रयाेग गर्दा कानमा नराम्राे असर पर्छ। जस्तै: हेडफाेनबाट धेरै गीत सुन्दा कानले बिस्तारै-बिस्तारै काम सुन्न थाल्छ। अनि, बहिराेपन हुने सम्भावना हुन्छ।

भिडियाे:

बिएलकर्मी मिनु गाेलेले गरेकाे कुराकानीमा आधारित

प्रकाशित मिति: : 2024-05-26 19:00:00

प्रतिकृया दिनुहोस्