बिएल संवाददाता
क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन फेरि अस्वीकार गरेकाे छ।
दूतावासले बिहीबार अन्तर्वार्ताका लागि बोलाए पनि उनलाई भिसा दिन अस्वीकार गरेको हो।
परराष्ट्र मन्त्रालयले दूतावासलाई भिसा नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएकाे थियाे।
बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएका सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गर्दै विश्वकप खेल्न पठाउने तयारी गरेको थियो। तर, अमेरिकाले गत बुधबार उनलाई भिसा दिन अस्वीकार गरेकाे थियाे।
त्यसपछि परराष्ट्रले कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो। तर अमेरिकाले भने फेरि पनि भिसा दिन अस्वीकार गरेकाे हाे। यससँगै उनको विश्वकप खेल्ने सपनामा ब्रेक लागेकाे छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया