बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कतारका राजा नेपाल आउने भएपछि राष्ट्रपति र प्रधानमन्त्रीप्रति व्यंग्य गरेका छन्।
उपाध्यक्ष मिश्रले मंगलबार सामाजिक सञ्जालमार्फत् व्यंग्य गर्दै लेखेका छन्, ‘सामन्तवाद र वंशवादलाई घृणा गर्ने हाम्रा राष्ट्रपति/प्रधानमन्त्री तथा अन्य महान् नेताहरूले कतारका राजालाई योर मेजेस्टी भनेर कुन मुखले सम्बोधन गर्छन् होला?’
उनले संसारकै सबैभन्दा ‘पश्चगामी’ मध्येको देशका राजालाई हाम्रोजस्तो संसारकै सबैभन्दा ‘अग्रगामी’ देशले वर्षौँदेखि मरिहत्ते गरेर किन आमन्त्रण गरेको होला? भनेर प्रश्नसमेत गरेका छन्।
संवैधानिक राजसंस्थाको समेत घनघोर विरोध गर्ने लाखौँ नेपालीहरू ‘पूर्ण राजतन्त्र’ भएको र ‘महान लोकतन्त्र’ बिनाको देशमा गएर काम गर्न र त्यहाँ बसेर पनि नेपालको राजसंस्थालाई गाली गर्न उद्दत भएकाे मिश्रकाे टिप्पणी छ।
कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदा सार्वजनिक बिदा दिएपछि उनले व्यंग्य गर्दै भनेका छन्, नेपालले आफ्नो भ्रमणमा खुसियाली मनाउन एक दिन छुट्टी नै दिएको देखेर काठमाडौँस्थित कूटनीतिक समुदाय मनमनै कति हाँसिरहेको होला?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया