बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कतारका राजा आउँदा सार्वजनिक बिदा दिएकाे भन्दै गृहमन्त्री रवि लामिछानेसँग आक्राेश पाेखेका छन्।
उनले मंगलबार सामाजिक सञ्जालमा गृहमन्त्री लामिछानेकाे टिप्पणी गर्दै विदेशी राजाका खुट्टा नै ढोक्न जानुभन्दा आफ्नै देशका राजा फर्काउने अभियानमा लाग्न सुझाव दिएका छन्।
सांसद शाहीले लामिछाने र अरु नेतामा फरक नभएकाे समेत टिप्पणी गरेका छन्।
उनले भनेका छन्, ‘माननीय रवि लामिछानेज्यु, हिजोका दिनहरुमा तपाईंले जनताको आवाज उठाउँदै गर्दा हाम्रो साथ र समर्थन थियो तर आज तपाईं आफैँ गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्वजनिक बिदा दिनुभएछ, अब भन्नुहोस्, तपाईं र अरु नेतामा के फरक भो? बोल्ने एउटा गर्ने एउटा? विदेशी राजाका खुट्टा नै ढोक्न जानुभन्दा आफ्नै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस कति गुलामी गर्छौ हो विदेशीको?’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया