लुम्बिनीका नवनियुक्त ७ मन्त्रीद्वारा शपथ ग्रहण

Breaknlinks
Breaknlinks

लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ ग्रहण गरेका छन्। बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ ग्रहण गराएका हुन्। 

शेरचनले आफ्नै कार्यालय बुटवलमा बोलाएर शपथ ग्रहण गराए। 

बिहीबार दिउँसो एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री विना विभागीय मन्त्री नियुक्त भएका थिए।

यस्तै नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारी पनि बिहीबार नै विना विभागीय मन्त्री नियुक्त भएका थिए। 

यसअघि चैत २३ गते मुख्यमन्त्री जोखबहादुर महराले एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए। 

उनीहरुलाई आज (बिहीबार) जिम्मेवारी तोकिएको छ। आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। यो सँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद बनेको छ।

प्रकाशित मिति: : 2024-04-18 17:46:00

प्रतिकृया दिनुहोस्