परराष्ट्रमन्त्री राणा इटली प्रस्थान

परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार इटली प्रस्थान गरेकी छन्।

राजधानी रोममा जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन एफएओको ४४औं सम्मेलनमा भाग लिन मन्त्री राणा त्यसतर्फ प्रस्थान गरेकी हुन्।

परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी र पराष्ट्र मन्त्रालयकै केही कर्मचारीहरू र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी छन्।

राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट परराष्ट्र सचिव अमृतबहादुर राईसहित मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए।

प्रकाशित मिति: : 2025-06-27 11:20:00

प्रतिकृया दिनुहोस्