उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ वर्षकाे अवसरमा सडकमा पुगेर चालक र यात्रुलाई लड्डु बाँडेका छन्। गृहमन्त्री लामिछानेले शनिबार बिहान काठमाडाैँकाे थापाथली चाेकमा पुगेर चालक र यात्रुलाई लड्डु वितरण गरेका हुन्। नयाँ वर्षकाे अवसरमा सडक सुरक्षाकाे कामनासहित चालक र यात्रुलाई मिठाईंका बाँडेकाे उनकाे सचिवालयले जनाएकाे छ।
‘काठमाडाैँकाे थापाथली चाेकमा चालक र यात्रुलाई मिठाईं बाँडेर नयाँ वर्षकाे शुभकामनासहित सुरक्षित यात्राकाे कामना। ड्युटीमा रहेका प्रहरीलाई पनि मिठाईं दिएर नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न आग्रह,’ रविकाे सचिवालयले सामाजिक सञ्जालमा भनेकाे छ।