माओवादीले छोड्यो कोशी सरकार

नेकपा (माओवादी केन्द्र) कोशी सरकारबाट बाहिरिएको छ।

माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो।

कोशीमा माओवादी केन्द्रका १३ सांसद रहेका छन्।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४६ सांसद आवश्यक पर्दछ। कोशीमा एमालेका ४०, काँग्रेसका २९, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद रहेका छन्।

प्रकाशित मिति: : 2024-04-08 14:56:00

प्रतिकृया दिनुहोस्