जनमतका उपाध्यक्ष चढेकाे कार दुर्घटना

जनमत पार्टीका उपाध्यक्ष एवम् सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खानलगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ।

हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा भइरहेको र थप उपचारका लागि काठमाडौँ ल्याउन लागिएको बताइएको छ।

उनीसँग गाडीमा को-को थिए भन्ने स्पष्ट हुनसकेको छैन।

प्रकाशित मिति: : 2024-04-08 12:59:00

प्रतिकृया दिनुहोस्