काठमाडौँमा आजपाकाे भ्रष्टाचारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

आम जनता पार्टी (आजपा) ले भ्रष्टाचारविरुद्ध काठमाडौँमा प्रदर्शन गरेकाे छ।

अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहकाे नेतृत्वमा शनिबार आजपाले काठमाडौँमा प्रदर्शन गरेकाे हाे। प्रदर्शनपश्चात अध्यक्ष साहले भृकुटीमण्डपमा आयोजित सभालाई विशेष सम्बोधन गरेका छन्।

देशमा बढदै गइरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रविरुद्ध प्रदर्शन गरेकाे आजपाले जनाएकाे छ।

दलतन्त्रको ठेकेदारहरुलाई खबरदारी गर्न, जनआन्दोलनका मुद्धाहरुको रक्षा गर्न, देशलाई बर्बाद गर्ने नेताहरुबाट जवाफ माग्न, जनतालाई धोखा दिनेहरुलाई दण्डित गर्न, देशलाई आर्थिक संकटबाट बचाउन दबाब दिने उदेश्यले प्रदर्शन गरिएकाे नेताहरूले बताएका छन्।

यसैगरी खुद्रा व्यापारी, कवाड तथा गार्मेन्ट व्यवसायीहरुको रक्षा गर्न, लघुवित तथा बैंकहरुको मनोमानी बन्द गर्न, सहकारी पीडितहरुलाई न्याय दिलाउन, सरकारी बजेटको भागबण्डा बन्द गर्न, घुस कमिशन तथा भ्रष्टाचार रोक्न, मनपरी कर तथा महँगी नियन्त्रण गर्न, भन्सार कानुनको ४५ प्रतिशत लुटकारी प्रावधान खारेज गर्न, सुकुम्बासी एवं गरीबलाई आवास तथा रोजगारीको व्यवस्था गर्न, युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउन आजपाले प्रदर्शन गरेका आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले बताए। 

प्रकाशित मिति: : 2024-04-06 16:52:00

प्रतिकृया दिनुहोस्