सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ८ दिन हिरासतमा राख्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ।
आइतबार अदालतले पुनलाई थप अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हाे।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका पुन शुक्रबार काठमाडौँबाट पक्राउ परेका थिए। उनलाई शुक्रबार नै बुटवल लगिएको थियो।
पुनमाथि सुप्रिम सहकारीको ७८ करोड रकम हिनामिनामा गरेको आरोप छ। पीडितहरूकाे उजुरी परेपछि उनलाई गरिएकाे हाे।