पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दिपेश पुन पक्राउ परेका छन्।

प्रहरी प्रधान कार्यालयबाट खटिएकाे प्रहरीकाे टाेलीले पुनलाई काठमाडाैँकाे धापासीबाट पक्राउ गरेकाे अधिकारीहरूले जनाएका छन्।

सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिवसमेत रहेका पुनलाई सहकारी ठगी र सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता भीम ढकालले बताएका छन्।

गत साउन ३ गते हङकङबाट आएको क्याथे प्यासिफिक जहाजमार्फत ‘ब्रेक-शू’भित्र लुकाएर ल्याएको ६० केजी सुन तस्करीमा पक्राउ परेका तिब्बतीयन नागरिक दावा छिरिङसँग पूर्वउपराष्ट्रपति छाेरा पुनको सम्बन्ध देखिएको थियो।


‘अमला’सँगै तस्करीमा झाँगिएको माओवादी साइनो

प्रकाशित मिति: : 2024-03-15 18:46:00

प्रतिकृया दिनुहोस्