कांग्रेस-एमाले फरक-फरक दल हुन्, बेलाबखत असमझदारी देखिनु सामान्य: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा एमाले फरक दल भएकोले असमझदारी देखिनु सामान्य भएको बताएका छन्।

शुक्रबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै देउवाले सत्ता गठबन्धनमा साझेदारी गरे पनि कांग्रेस-एमाले फरक-फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको र बेलाबखत असमझदारी भइरहने बताएका हुन्।

उनले दुई दलबिच असमझदारी देखिए पनि सरकार आपसी सहमतिअनुसार अगाडि बढिरहेको र कांग्रेसको आग्रहमा सरकारले बजेटबाट ‘टेक एन्ड पे’ सहज रुपमा हटाएको बताए।

उनले भने, ‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वाभाविक हो। सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ।’

प्रकाशित मिति: : 2025-06-27 19:40:00

प्रतिकृया दिनुहोस्