सीआईबी प्रमुखबाट एआईजी बज्राचार्यलाई हटाइयाे, श्याम ज्ञवालीले पाए जिम्मेवारी

File Photo
File Photo

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाइएकाे छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सीआईबी प्रमुखबाट बज्राचार्यलाई हटाउने निर्णय गरेको हो।

सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएकी बज्राचार्यलाई सीआईबीबाट हटाएर प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिइएकाे छ।

सिआईबीको प्रमुखमा जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पाएका छन्।

प्रकाशित मिति: : 2024-03-15 18:32:00

प्रतिकृया दिनुहोस्