मोरङको विराटनगरमा एक स्टाफ नर्सको हत्या भएको छ।
विराटनगरकाे नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएकाे हाे। उनकाे शौचालयमा शव फेला परेको प्रहरीले जनाएकाे छ।
धारिलो हतियार प्रयाेग गरेर हत्यापछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनी बसेकाे घरको कोठाभित्रको शौचालयमा शव भेटिएको डीएसपी रन्जनकुमार दाहालले बताए।
सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्।
दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको उनले बताए। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ।