कलेजको बसकाे ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुनदेव भट्टराईको मृत्यु भएको छ। र‌ंगेली- ३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन्।

बिराटनगरको मेरिल्याण्ड कलेजको को१क १५२९ नं. को बसले साइकलमा सवार भट्टराईलाई ठक्कर दिएको थियो। दुर्घटना परि बिराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका भट्टराईको गएराति ४ बजे निधन भएको हो।

बसका चालक रतुवामाई- ५ सिजुवा बस्ने ४५ वर्षीय सुर्यबहादुर ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ।

प्रकाशित मिति: : 2024-03-13 09:54:00

प्रतिकृया दिनुहोस्