‘काेशी’ नाम खारेज गर्न माग गर्दै काठमाडाैँमा प्रदर्शन (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

काेशी प्रदेशकाे नाम खारेज गर्न माग गर्दै काठमाडाैँमा प्रदर्शन भएकाे छ।

प्रदेश नम्बर १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिकाे आयोजनामा बिहीबार काठमाडाैँस्थित तीनकुनमा प्रदर्शन भएकाे हाे।

‘फागुन १७: पहिचान नामेट गरिएकाे अँध्याराे दिन’ भन्दै प्रदर्शनकारीहरूले कालाे ब्यानर बाेकेर प्रदर्शन गरेकाे छन्। 

उनीहरूले पहिचानकाे आधारमा प्रदेश नम्बर १ काे पुन: नामाकरण गर्न माग गरेका छन्।

प्रदेश नामाकरणकाे एक वर्ष पुगेकाे अवसरमा पहिचानवादीहरू कालाे झण्डा र ब्यानरसहित प्रदर्शन गरेका हुन्।

प्रकाशित मिति: : 2024-02-29 13:56:00

प्रतिकृया दिनुहोस्