मुटु शरीरकाे सबैभन्दा महत्वपूर्ण र संवेदनशील अङ्गमध्ये एक हाे। मुटुले शरीरका सबै भागमा ताजा रगत सञ्चार गर्छ। अर्थात्, मुटु छैन त जीवन छैन। त्यही मुटुमा विभिन्न किसिमका राेगहरु लाग्छन्, जसले हामीलाई मृत्युकाे मुखसम्म पुर्याइदिन्छन्। त्यसैले मुटुलाई स्वस्थ राख्न जरुरी छ। त्यसका लागि के गर्ने?
बिएलकर्मी मिनु गाेलेले मुटु राेग विशेषज्ञ डा. प्रेमराज बैद्यसँग कुराकानी गरेकी छन्।
प्रस्तुत छ, डा. बैद्यसँगकाे कुराकानीमा आधारित सामाग्रीकाे सम्पादित अंश:
हाम्राे शरीरकाे सबैभन्दा मुख्य अङ्ग मस्तिष्क हाे। यसले शरीरका सबै अङ्गहरुलाई कन्ट्राेल (नियन्त्रण) गर्छ। जस्तै हात चलाउँदा पनि मस्तिष्कले कन्ट्राेल गरेकाे हुन्छ। र, मुटुलाई पनि मस्तिष्कले नै कन्ट्राेल गरेकाे हुन्छ।
मुटुकाे पनि आफ्नै करेन्ट निकाल्ने ठाउँ छ, जसले मुटुलाई चलाइरहन्छ। जसलाई हामी धड्कन भन्छाैँ। धड्कन निकाल्नका लागि मुटुमा चार वटा काेठा हुन्छन्। दुइटा माथि दुइटा तल।
शरीरबाट फर्किएकाे रगत माथिल्लाे काेठामा आउँछ। त्यसपछि बल्ल तल्लाे भागमा जान्छ। जुन बिचकाे भल्बलाई ट्राइकास भल्ब भनिन्छ।
हेमाेग्लाेबिनमार्फत् मुटुमा अक्सिजन आउँछ। र, मात्र हाम्राे शरीरमा भएकाे रगत राताे हुन्छ। त्याे राताे रगत फर्किएर मुटुकाे देब्रेपट्टिकाे माथिल्लाे भागमा जान्छ।
देब्रेपट्टिकाे तल्लाे भागमा लेप भेन्टिकल हुन्छ। रगत यसमा आएपछि मात्र पम्प भएर शरीरमा फैलिन्छ। एउटा माथिल्लाे र अर्काे तल्लाे भाग (खुट्टा)तिर जान्छ।
मुटु चल्न दुइटा चिज चाहिन्छ। एउटा हाे, धड्कन। दाहिनेपट्टिकाे माथिल्लाे भागमा एउटा साइनेक्स हुन्छ। जुन ठाउँबाट करेन्ट निस्कन्छ। अर्थात्, मुटुले धड्कन निकाल्छ।
तर, मुटु भने मस्तिष्कबाट नै कन्ट्राेल हुन्छ। त्यही कारण कुनै घटना हुने बित्तिकै धड्कन एकदमै बढ्छ।
मुटु सामान्यतय एक मिनेटमा ६० पटक धड्कनु पर्छ। अधिकतम ९० पटक पनि हुन सक्छ, त्याे नरमल हाे। घटबढ भइरहन्छ। सामान्यतय धड्कन एकैखालकाे हुन्छ तर कसरत गर्दा बढ्छ।
जस्ताे खेल खेल्दाखेरि धड्कन एकदम बढ्छ। खेल्न छाेडेपछि कम हुँदै जान्छ। कहिले त ६० पटक भन्दा पनि कम भएर ५० सम्म आउँछ। खेलाडीहरुका लागि ५० पनि नरमल हाे।
तर, साधारण मानिसकाे धड्कन ५० मा झर्याे भने मस्तिष्कमा रगत अपुग हुन सक्छ। जसले चक्कर गर्दा आउँछ।
करेन्ट निकाल्ने ठाउँमा प्रेस मेकर भन्ने सेल्सहरु हुन्छन्। ती सेल्सहरु कमजाेर भए भने मुटुकाे धड्कन कम हुन्छ। त्यसलाई सिक साइनस सिन्ट्राेम भनिन्छ। कुनै कारणले बिरामी भएमा सिक साइनस सिन्ट्राेम हुने हाे। त्यही कारण बिरामी हुँदा धड्कन कम हुन्छ। यदि त्याे क्रम ४० भन्दा पनि तल झर्याे भने प्रेस मेकर मेसिनकाे प्रयाेग गर्नुपर्छ।
मुटुमा मुख्यगरी मुटुमा दुई प्रकारका राेगहरु हुन्छन्। एउटा जन्मजात र अर्काे जन्मेपछि।
जन्मजात राेग भनेकाे आमाकाे पेटबाटै लाग्ने हाे। त्यही कारण गर्भावस्थामा धुम्रपान तथा मद्यपान गर्नु हुँदैन। यसले बन्दै गरेकाे बच्चामा समस्या पुर्याउँछ। आमाकाे पेटमा बन्दै गरेकाे बच्चाकाे मुटुमा अवराेध भएमा बच्चा जन्मिएपछि लाग्ने सबैभन्दा मुख्य राेग उच्च रक्तचाप हाे। त्यसबाहेक धमनी राेग लगायतका राेग लाग्छ।
अनि अर्काे जेनेटिक्स पनि हुन्छ। याे भनेकाे पुर्ख्याैली समस्या हाे। अर्थात्, बा-आमालाई मुटुकाे समस्या भयाे भने छाेरा-नातीलाई पनि हुन सक्छ।
अर्काे धड्कनसम्बन्धी अलगै राेग हुन्छ। याे भनेकाे मुटुकाे भल्बसम्बन्धी राेग हाे। मुटुकाे भल्ब बिग्रेरै त हाे, हर्टअट्याक (हृदयघात) हुने। हर्ट अट्याक्ट भल्ब बिग्रिएर वा जन्मजात पनि हुन सक्छ।
बच्चा बेलामा घाँटी दुख्दा राम्राेसँग औषधि खाए निकाे हुन्छ। तर, पछि गएर त्यसले मुटुमा समस्या गराउँछ। जसकाे कारण भल्ब बिग्रन्छ। घाँटी दुख्नेबित्तिकै भल्ब बिग्रने चाहिँ हाेइन है, १०-१५ वर्षपछि बिग्रने हाे।
त्यसकारण जन्मेपछि हुने राेगहरुलाई नियन्त्रणमा राख्न सकियाे भने मात्र हाम्राे मुटु स्वच्छ रहन्छ। तर, यहाँ जन्मजात हुने राेगहरुलाई भने बिर्सनु हुँदैन। यसबाट बँच्न पनि धेरै गाह्राे छ।
जन्मेपछि लाग्ने राेगमध्ये हृदयघात (हार्टअट्याक) अहिले धेरै कम उमेरमा भइरहेकाे छ। याे धमनीसम्बन्धी राेग हाे। धमनीसम्बन्धी समस्या बजारका खानेकुरामा पाइने चिल्लाे पदार्थका कारण ज्यादा हुन्छ। चिल्लाे पदार्थ भएका खानेकुराहरु राेक्याे भने धमनीसम्बन्धी राेग आधा कम हुन्छ।
धमनीसम्बन्धी समस्या जति उमेर बढ्दै गयाे, त्यति हुँदै जाने हाे। वंशाणुगत पनि हुन्छ नै तर मुख्य कारण चाहिँ चिल्लाे पदार्थ नै हाे। चिल्लाे पदार्थलाई राेक्याे भने संसारमा हृदयघात आधा कम हुन्छ।
उच्च रक्तचाप (बल्ड प्रेसर), मधुमेह, काेलेस्टाेल (चिल्लाे पदार्थ) यी तीन वटा कुरा नियन्त्रण गर्याे भने ८० प्रतिशत हृदयघात राेक्न सकिन्छ।
बाँकी २० प्रतिशत राेक्न नसक्नु भनेकाे वंशाणुगत र अरु धेरै कारणहरु जस्तै: खुसीकाे खबर वा दु:खकाे खबर सुन्दा पनि धमनीहरु यसरी खुम्चिन्छन् कि पूरै बन्द भएर हृदयघात हुन्छ। यी बाहेक अरु कारणहरु पनि छन्।
त्यही भएर घाँटी दुख्नेबित्तिकै एन्टिबाइटिक खानुपर्छ। ताकि पछि गएर किटाणु मार्नका लागि बढी एन्टिबाइटिक खान नपराेस्।
पहिला घाँटी दुख्छ। पछि बाथ देखिन्छ। त्यसकाे धेरै वर्षपछि मुटुकाे भल्ब बिग्रन्छ। याे प्राय: विद्यालय उमेरमा बढी हुन्छ। त्यसैले १०-१५ वर्षकाे उमेरपछि भल्ब बिग्रन थाल्छ।
बनावट एउटै आकारको भएकाले पहिला घाँटीमा, त्यसपछि बाथ रोग, अनि सिधै मुटुमा पुग्छ।
मुटुसम्बन्धी राेगमा त्यति ठुला लक्ष्यणहरु देखा पर्दैनन्। किनभने, मुटु आफैँ दुख्दैन, जस्ताे कि हार्टअट्याक्ट हुनु भन्दा अगाडि ९९ प्रतिशत भल्ब ब्लक हुँदा पनि मुटु दुख्दैन। अलिकति उकालाे चढ्दा वा व्यायम गर्दा छाती भारी हुन्छ। त्यतिबेला हातले मुटु छामेर ‘यहाँ दुख्याे, त्यहाँ दुख्याे’ भन्छाैँ। तर, त्याे मुटु दुखाइ हाेइन।
मुटु बिच भागमा हुन्छ। मुटुकाे भाग देब्रेपट्टि बढी आउने भएकाेले देब्रे भन्छाैँ तर खासमा मुटु छातीकाे बिचमा हुन्छ। त्यसैले हार्टअट्याक हुनुअघि छातीकाे बिचकाे भाग भारी हुन्छ।
अर्थात्, त्यही भएर बिरामीहरु समयमा अस्पताल पुग्दैनन्, किनकि मुटुकाे दुखाइ नै हुँदैन।
खानपान र जीवनशैलीका कारण अहिले कम उमेरमा नै मुटुमा समस्या देखिन थालेकाे छ। त्यही भएर अहिले हामी २५ वर्षमा नै मुटु जाँचाउन भन्छाैँ। पहिला भने ४० वर्षमा मुटु जाँचाउनुपर्छ भन्थ्याैँ। अहिले मानिसहरु कसरत गर्दैनन्, त्यही भएर समस्या बढ्दै गएकाे छ। मुटुसम्बन्धी समस्या गाउँमा भन्दा सहरमा बढी छ।
उमेर बढ्दै जाँदा पनि मुटुमा समस्या बढ्दै जान्छन्। धड्कन उत्पन्न हुने ठाउँमा रगतकाे सञ्चालन कम हुँदै गएपछि धड्कनमा गडबढी हुन थाल्छ। धेरै जस्ताेमा उमेर बढ्दै गएपछि हुने एट्टेल फेमिलेसन हाे।
उपचारभन्दा पहिला राेग नै लाग्न नदिनु राम्राे हाे। त्यसकाे लागि जीवनशैलीमा परिवर्तन गर्नुपर्छ। साधारणतय दाल,भात, तरकारी खायाे भने राम्राे।
मैले पढ्ने समयमा नेपालमा मुटु राेगसम्बन्धी डाक्टरहरु एकदमै कम थिए। अहिले त नेपालमा मुटुसम्बन्धी राेगका डाक्टरहरु धेरै हुनुहुन्छ। त्यही भएर अहिले नेपालमा मुटुसम्बन्धी राेगकाे उपचारमा समस्या छैन। मेराे छाेरीकाे उपचारका लागि पनि पहिला भारत जानु पर्थ्याे। अहिले मुटुसम्बन्धी धेरै राेगकाे उपचार नेपालमा नै सम्भव छ। तर, पनि अर्काे विडम्बना नेपालमा जनशक्ति कम छन्। डाक्टरी पढाउने ठाउँ र मुटुसम्बन्धी पढ्ने विद्यार्थी नै छैनन्। यस्तै भयाे भने नेपालमा हाम्राे मुटु खाेल्ने डाक्टरहरु नै नपाइने अवस्था आउन सक्छ।
यहाँ आम्दानी कम भएर डाक्टरहरु विदेशिन थालेका छन्। अनि, नेपालमा पढ्न पनि चाहदैनन्। पहिल्लाे समय हेर्ने हाे भने जनशक्ति कम भएका कारण बिरामीहरुकाे उपचार सीमित ठाउँमा मात्र हुने गरेकाे छ।
हाम्राे सरकारले याे कुरा बुझेकाे नै छैन। र, बुझ्न पनि चाहेकाे छैन। मेराे कक्षामा सँगै पढेकाे साथी स्वास्थ्यमन्त्री हुँदा मैले ५० पटक गएर सम्झाउँदाखेरि पनि नसम्झिएपछि म विदेश गएकाे हाे। विदेशमा छ वर्ष बसेर फर्किएँ। अब भने नेपालमा नै केही गर्छु।
भिडियाे :